समुदायमा कोरोना देखिएपछि खुलेका विद्यालय बन्द गर्न निर्देशन
"खुलेका बिद्यालय बन्द गर्न निर्देशन "
तपाईको प्रतिक्रिया





समुदायमा कोरोना संक्रमण बढेपछि गण्डकी प्रदशका बागलुङ र लमजुङमा रहेका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ६ का ५२ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै असोज १८ गतेसम्मका लागि पठनपाठन बन्द गरेको जानकारी गराएको छ ।
उनी फागुनमा भारतबाट आएको पुन भारत फर्कनको लागि पीसीआर गर्दा कोरोना पुष्टि भएको वडा सचिव रुद्र केसीले बताए।
त्यसैगरी लमजुङमा विद्यालयहरु खुलेर पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
बेंशीसहर, सुन्दरबजार, मध्यनेपाल लगायतका नगरपालिकामा विद्यालयहरु खुलेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सूचना जारी गरि खुलेका बिद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।
सुचनामा ‘सामुदायिक र संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिनगए जिम्मेवारी सम्बन्धित विद्यालयमा रहने जानकारी गराउँदै त्यस्ता काम कारबाही गरेको संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।
हाल लमजुङमा कोरोना संक्रमितको संख्या तीन सय ७३ पुगेको छ भने जसमध्ये २ सय ७१ जनाले कोरोना जितेका छन् ।
Related