हिमालय एनिमल रेस्क्यू टीम (हार्ट)ले पोखरामा एक कार्यक्रमका विच विश्व रेविज विरुद्धको दिवस मनाएको छ ।
रेस्क्यू टीमले दिवसका अवसरमा पोखराका विभिन्न स्थानका ६४ वटा सडकमा छाडारुपामा छाडिएका कुकुरलाई रेविज विरुद्धको सुइ र आवश्यक उपचार गरेको हो ।
टीमले पोखरा महानगरपालिकाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरेको टीमका संस्थापक अध्यक्ष जुलियट कन्लिफले जानकारी दिए।
पोखरा महानगर पशु शाखा प्रमुख नवराज अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष जुलियट कन्लिफ (यूके),
संस्थाका अध्यक्ष चित्रराज बराल, वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारी र पशु बिज्ञ केन्द्रका प्रमुख डा. शोभा शर्मा लगायतको उपस्थिती रहेको सदस्य राजु पौडेलले जानकारी दिए ।
विशुद्ध सेवा मुलक गतिविधी गर्दै आइरहेको संस्थाले विगत १ दशकदेखी पशु स्वास्थ्य सेवा र उद्धारमा सक्रिय भुमिका निर्वाह गर्दै आएको छ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाउने गरिएकोछ ।
रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ )को रेकर्डमा उल्लेख छ।

Related