• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङमा प्रहरीद्धारा ४ हजार ३४ लिटर मदिरा नष्ट

  •    शुभेच्छा न्यूज  /१३ आश्विन २०७७, मंगलवार ०९:०२ ,  प्रकाशीत
  • बागलुङमा घरेलु मदिरा प्रहरी प्रमुख फेरिएलगत्तै अभियानकै रुपमा जफत र नष्ट गर्ने प्रचलन बागलुङमा छ ।

    चार जना प्रहरी प्रमुखहरुले सदरमुकाम र आसपासमा मात्रै चलाएको अभियान यसपटक जिल्लाको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठको निर्देशनमा यतिबेला जिल्लाका प्रहरी युनिटहरुले मदिरा जफत र नष्ट गर्ने गरिरहेका छन् ।

    अभियानकै क्रममा जफत भएको चार हजारभन्दा बढी अबैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ ।

    जिल्ला प्रहरीअन्र्तगतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरिएको चार हजार ३४ लिटर मदिरा सोमबार नष्ट गरिएको छ ।

    प्रहरी निरीक्षक हेम केसीका अनुसार, नष्ट गरिएको मदिरामध्ये एक हजार ६२ लिटर बिक्रिका लागि तयारी मदिरा र दुई हजार ९७२ लिटर घरेलु मदिराको कच्चा पदार्थ हो ।

    अन्य समयमा चुपचाप रहने प्रहरी प्रमुख फेरिएलगत्तै घरेलु मदिरामा आँखा लगाउने गरेकोमा सर्वसाधारणको गुनासो छ ।

    प्रहरी चौकी निसीखोलाले १९२ लिटर, प्रहरी चौकी ग्वालिचौरले १२० लिटर मदिरा, जिल्ला प्रहरी कार्यालयले ४१५, नगर प्रहरीले

    एक हजार ४१५ लिटर, प्रहरी चौकी कुँडुले र पञ्चकोटले २२०, प्रहरी चौकी मालढुंगा ७१५, इलाका प्रहरी ताराखोला ९०, प्रहरी

    चौकी हटिया ४५०, प्रहरी चौकी नरेठाटी २८०, इलाका प्रहरी भिमगिठे ३५० लिटर, इलाका प्रहरी झिवाखोला ७०, प्रहरी चौकी

    बोङ्गादोभान ७८ र प्रहरी चौकी ग्वालीचौर ३० लिटर घरेलु मदिरा बरामद गरिएको थियो ।

    प्रहरीले समाजमा कानूनले बर्जित गरेको अबैध घरेलु मदिराको सेवनबाट झैझगडा तथा अशान्ति फैलिएकाले नियन्त्रणमा लिइरहेको बताउने गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.