नेपालमै कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ ।
नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।
फ्याबिपिराभेल नामक औषधिलाई कोभिड- १९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको छ ।
औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको हो।
यसबाहेक नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । प्रदेश- ५ र प्रदेश- २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको छ।
जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको हो।
खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लडने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यताअनुरूप क्लिनिकल ट्रायल गर्न लागिएको हो।
आयुर्वेद अस्पतालले कोरोनाका विरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ ।

Related