पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
"प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १५ "
तपाईको प्रतिक्रिया





पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनालाई संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा ४ का ३५ वर्षीय पुरुष तथा २९ वर्षीय महिला, वडा नम्बर १० का ४६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा १७ का १७ वर्षीय पुरुषलाई संक्रमण पु्ष्टि भएको छ । पोखराका ठेगाना नखुलेका २७ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १५ पुगेको ।
Related