पोखराको फेवासिटीमा उपचाररत विरामी र मत्स्य विकासका चिकित्सकमा कोरोना संक्रमण पुष्टि
"पशुपन्छी तथा मत्स्य विकास निर्देशानलयमा कार्यरत चिकित्सकमा संक्रमण "
तपाईको प्रतिक्रिया





पोखराको फेवासिटी अस्पतालमा उपचाररत विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
विरामी परेपछि उपचारका लागि फेवासिटी अस्पताल पुगेका पोखरा महानगरपालिका १४ का ५१ बर्षिय पुरुषको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
त्यसैगरी पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय पोखरामा कार्यरत पोखरा १२ का ३६ पुरुष चिकित्सकमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए।
सोमबार बिहान गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ।
जसमध्ये पोखरा महानगरपालिकामा २६ र नवलपुरको मध्यबिन्दुमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.शर्माले जानकारी दिए ।
यो सगँ गण्डकी प्रदेशमा ४ हजार २ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरामा कोरोना देखिएकाहरुमा ४ जना महिला र २२ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका १४ का २२ बर्षीय पुरुष दुबईबाट र वडा नम्बर १३ का ३६ बर्षीय महिला, १९ का ५५ बर्षीय पुरुष, १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् ।
अन्य सबैजना कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका हुन् ।यो सगै कास्कीमा १ हजार ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।
३ सय ९९ जना निको भएर घर फर्किएका छन् ।
अहिले ६ सय ३९ जना आइसोलेसनमा छन्। गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ८ सय ३८ जना निको भएर घर फर्किएका छन् ।
प्रदेशमा कोरोना संक्रमणका कारण अहिले सम्म ३४ जनाको मृत्यु भएको छ ।
Related