पोखरामा लागूऔषध सहित कास्की प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगर १६ का २१ बर्षीय समिर गुरुङ,२१ बर्षीय अथित गुरुङ,२४ बर्षीय मोहित खवास, १८ बर्षीय मनोज बिक र २४ बर्षीय कुमार ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट डाईजापाम ७ एम्पुल, फेनेरागन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल गरी जम्मा २१ एम्पुल र लागुऔषध गाँजा
एक केजी २२३ ग्राम फेला फेलापरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उनका अनुसार लागूऔषध ओसारपसार र बिक्री बितरण हुदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी
कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुलाई शनिबार विहान ७ ः ३० बजेको समयमा पोखरा महानगर वडा नम्बर १६ तुम्केमा बाटो हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप सहित थप अनुसन्धान भइरहेको डिएसपी हामालले जानकारी दिए ।

Related