गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ३ सय ३०
"संक्रमितको संख्या ४ हजार ३ सय ३० "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा पोखरामा १ सहित गण्डकीमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
जसमध्ये पोखरा महानगरपालिका वडा नम्बर २१ का ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यस्तै लमजुङका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् । नगरपालिका अन्तरगत संक्रमित कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यता तनहुँमा थप २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित देवघाट तथा भानुका हुन् । देवघाट ५ का ४३ वर्षीय पुरुष तथा भानुकी ३ वर्षीय बालिकालाई संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी (ब.सु.पू) का १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको गैंडाकोट, मध्येविन्दु, देवचुली तथा कावासोतीका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ३ सय ३० पुगेको छ ।
Related