• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रकृति मानव केन्द्रित जनअभियान पोखरामा श्यामलाल

  •    शुभेच्छा न्यूज  /२२ आश्विन २०७७, बिहीबार १८:३७ ,  प्रकाशीत
  • प्रकृति मानव केन्द्रित जनअभियानको पोखरा महानगर स्तरीय भेला लेखनाथको वेगनास सुन्दरीडाँडामा सम्पन्न भएको छ ।

    भेलाले श्यामलाल श्रेष्ठको अध्यक्षतामा जनअभियानको महानगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा चन्द्रबहादुर अधिकारी, सचिवमा अनुप प्रकाश पौडेल, कोषाध्यक्ष सीतादेवी पुन र सहसचिव विरेन्द्र ढकाल चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा रामप्रसाद लामिछाने, इन्द्रप्रसाद तिवारी, लक्ष्मण न्यौपाने, शिवराज सुवेदी, लेखनाथ ढकाल, हरिमाया न्यौपाने छन् । अन्य सदस्यहरुमा रुपा भजेल, होमनाथ न्यौपाने, विष्ण गुरुङ्ग, दानबहादुर थापा, चन्द्र पाइजा, नारायण पुन, रामदेवी पुन, माया पुर्जा, खेम थापा, वर्षा थापा र सुर्यमान श्रेष्ठ चयन भएका छन् ।

    भेलाले समितिका अन्य सदस्य आवश्यकताका आधारमा थप गर्दै जान सक्ने भन्दै महानगरका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने समेत निर्णय गरेको छ ।

    महानगर भेलाको अवसरमा आयोजित कार्यक्रममा प्रकृति मानव केन्द्रित जनअभियानका निर्वतमान केन्द्रीय अध्यक्ष सन्तबहादुर घिसिङ्गले वातावरण, कृषि, पर्यटन लगायतका विभिन्न विषयमाथि प्रकाश पारेका थिए ।

    उनले रसायनिक मलखाद, विषादी तथा हाइब्रिड खेतीको विकल्पमा स्थानीय प्रजातिका पशुपालन तथा सोबाट निर्मित मल र जैविक कृषि कार्यक्रममा जोड दिन आग्रह गरेका थिए ।

    संस्थाका निर्वतमान केन्द्रीय महासचिव शिव आचार्यले जनअभियानका विविध पक्षबारे जानकारी दिएका थिए । आचार्यले जनअभियानका कार्यक्रमले जनतालाई सशक्तिकरण गर्दै जनताकै नेतृत्वमा नयाँ सामाजिक प्रणालीको आधार तय हुने पनि बताएका थिए ।

    जनअभियानका कास्की अध्यक्ष तिलक प्रसाद पुर्जा पुनले यो अभियान कुनै पनि बहुराष्ट्रिय कम्पनी वा संस्थासँग असम्बन्धित छ भन्दै पुर्ण रुपले स्वतन्त्र र स्वयम्ृसेवी रहेको जानकारी गराएका थिए ।

    सो अवसरमा जनअभियानको काठमाण्डांै शाखा सदस्य जी पुन, साहित्यकार भीम रानाभाट, वेगनासका होटल व्यवसायी शिवराज सुवेदी, जैविक श्रोत संरक्षण अभियानकी प्रतिक्षा थापा, रुपाताल पुर्नस्थापना तथा मत्स्य विकास सहकारी संस्थाका रामप्रसाद

    लामिछाने, सुन्दरीडाँडा खानेपानी उपभोक्ता समितिका होमनाथ न्यौपाने, प्रगतिशील आमा समुहकी रामकुमारी ढकाल, सुन्दरीडाँडा

    भ्युटावरका लक्ष्मण न्यौपाने, पौरखे कालिमाटी सुन्दरीडाँडा सामदायिक वन उपभोक्ता समितिका विरेन्द्र ढकाल र वातावरण संरक्षण टोल विकास संस्थाका चन्द्रबहादर अधिकारीले पनि बोलेका थिए ।

    पर्यावरणीय विनाश, जैविक भविष्य र अमानवीयकरणको विश्वव्यापी रुपमा आवाज उठाउँदै विनाशकारी अवस्थासम्म लैजाने वर्तमान

    कर्पाेरेट व्यवस्थालाई प्रकृति मानव हितैषी समाज व्यवस्थामा रुपान्तरण गर्ने उद्देश्य सहित २०५९ सालमा नेपाल युनिट गठन भएको हो ।

    नेपालमा जनअभियानका केन्द्रीय सहित विभिन्न जिल्ला र स्थानीय तहहरुमा समिति गठन भइ क्रियाशील रहेको पनि संस्थाले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.