गण्डकीमा ९७ संक्रमित थपिए, प्रदेशमा ७४ हजार १ सय ५९ स्वाब परीक्षण
"३२ सय ११ संक्रमित निको "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार पोखरा र चितवनमा गरिएको परीक्षणमा ९७ जनामा पोजेटिभ देखिएको छ ।
सबैभन्दा धेरै नवलपुरका ४७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीका २४, बागलुङका १२, गोरखाका १०, तनहुँका ३ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार ३ सय ४४ स्वाब परीक्षण गर्दा ९७ जनामा संक्रमिण देखिएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकी प्रदेशका ७४ हजार १ सय ५९ स्वाब परीक्षण गरिएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ४४ सय ९८ पुगेको छ । तीमध्ये ३२ सय ११ संक्रमित निको भएका छन् ।
Related