स्याङ्जाको दार्सिङमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्यु भएको छ ।
वालिङबाट हेलुतर्फ जाँदै गरेको पायनिर हाइगर एजुकेसन एकेडेमीको ग १ क ४३७० नम्बरको बसले ग १३ प २८१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार स्याङ्जाको भीरकोट ३, बानेथोक देउरलाली घर भई हाल कपिलबस्तु बस्ने ३१ वर्षीय ध्रुव भन्ने गुप्तबहादुर खत्री र भीरकोट ३, बानेथोक देउराली घर भइ वालिङ १, रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर राना घाइते भएका थिए ।
घाइते दुवै जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

Related