दिनप्रतिदिन कोरोना संक्रमण भयावह बन्दै, सरकार कडा कदमको तयारीमा शुभेच्छा न्यूज /२४ आश्विन २०७७, शनिबार १९:०१ , प्रकाशीत एकै दिनमा ५ हजार कोरोना भाइरसका संक्रमित संख्या नाघेपछि स्थिति भयावह बनेको छ । यो हप्ता दुई, तीन, चार गर्दै आज एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिएपछि स्थिति भयावह बनेको हो । देशभर पाँच हजार ८ जना संक्रमित संख्या थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र २६ सय ७२ संक्रमित थपिएका छन् । काठमाडौं कोरोना संक्रमणको हटस्पट बनेको छ । उपत्यकामा दैनिक दुई हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी छ । देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दशैंको मुखमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । अस्पतालहरु भरिएका छन् । काठमाडौं उपत्यकामा कोरोना अस्पतालले थेग्न नसक्ने परिस्थिति बन्दैछ । विगतमा २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य मन्त्रालयले लकडाउन सिफारिश गर्ने बताएको थियो । अहिले देशमा सक्रिय संक्रमित संख्या ३० हजार नाघेको छ । कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित संख्या पुगेको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ । एकै दिन ५ हजार संक्रमित संख्या नाघेपछि सरकार स्थिति अनियन्त्रणतर्फ जानसक्ने तर्फ सचेत भएको बुझिएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा अवस्था भयावह बन्दैछ।यसलाई दृष्टिगत गरी सरकारले कडाई गर्ने बुझिएको छ। स्वास्थ्य मन्त्रालयले दशैं घरमै बसेर भौतिक दूरी कायम गरेर मनाउन बारम्बार आग्रह गरेको छ । यो सरकारले यसपटक दशैंमा कडाई गर्ने संकेतको रुपमा बुझिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलमा परामर्श शुरु भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
एकै दिनमा ५ हजार कोरोना भाइरसका संक्रमित संख्या नाघेपछि स्थिति भयावह बनेको छ ।
यो हप्ता दुई, तीन, चार गर्दै आज एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिएपछि स्थिति भयावह बनेको हो ।
देशभर पाँच हजार ८ जना संक्रमित संख्या थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र २६ सय ७२ संक्रमित थपिएका छन् ।
काठमाडौं कोरोना संक्रमणको हटस्पट बनेको छ । उपत्यकामा दैनिक दुई हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी छ ।
देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
दशैंको मुखमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । अस्पतालहरु भरिएका छन् । काठमाडौं उपत्यकामा कोरोना अस्पतालले थेग्न नसक्ने परिस्थिति बन्दैछ ।
विगतमा २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य मन्त्रालयले लकडाउन सिफारिश गर्ने बताएको थियो ।
अहिले देशमा सक्रिय संक्रमित संख्या ३० हजार नाघेको छ । कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित संख्या पुगेको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।
एकै दिन ५ हजार संक्रमित संख्या नाघेपछि सरकार स्थिति अनियन्त्रणतर्फ जानसक्ने तर्फ सचेत भएको बुझिएको छ ।
विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा अवस्था भयावह बन्दैछ।यसलाई दृष्टिगत गरी सरकारले कडाई गर्ने बुझिएको छ।
स्वास्थ्य मन्त्रालयले दशैं घरमै बसेर भौतिक दूरी कायम गरेर मनाउन बारम्बार आग्रह गरेको छ ।
यो सरकारले यसपटक दशैंमा कडाई गर्ने संकेतको रुपमा बुझिएको छ ।
यसका लागि स्वास्थ्य मन्त्रालयलमा परामर्श शुरु भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
Related