• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चाडबाडमा लकडाउन गर्ने सरकारको संकेत

"काठमाडौँले कोरोना रोकथाम र नियन्त्रणका जिल्लाबाट सिक्नुपर्ने "
  •    शुभेच्छा न्यूज  /२५ आश्विन २०७७, आईतवार २१:४५ ,  प्रकाशीत
  • सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना भएको बताएका छन।

    यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट गरे।

    पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै उनले अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्ने स्थिति नआउने बताए।

    कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंँ पछि परेकामा मन्त्री ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै काठमाडौँले कोरोना रोकथाम र नियन्त्रणका लागि देशका केही जिल्लाबाट राजधानीले सिक्नुपर्ने बताए।

    बाँके, कपिलवस्तु, उदयपुर र वीरगञ्जमा भयावह बन्दै गएको कोरोना महामारीलाई कसरी त्यहाँका सम्पूर्ण निकायले नियन्त्रणमा लिए भन्नेबारे झण्डै ४० लाख जनसङ्ख्या भएको काठमाडौँका नागरिक, जनप्रतिनिधि र सङ्घसंस्थालाई सिक्न उनले सल्लाह दिए।

    उनका अनुसार देशका सम्पूर्ण कोरोना सङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौंँमा छन्। यसले विश्वभर १० लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ।

    यस वर्ष दशैँलगायत चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउँदै उनले अभिभावक र ज्येष्ठ नागरिकको सुरक्षा एकदमै महत्वपूर्ण रहेको र उनीहरुको जीवनमा हाम्रै हातमा भएको कुरालाई बिर्सन नहुनेमा जोड दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.