तनहुँमा एकैपरिवारका ३ जनाको कोरोना संक्रमणबाट मृत्यु शुभेच्छा न्यूज /२६ आश्विन २०७७, सोमबार २०:५९ , प्रकाशीत कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ सदस्यको ज्यान गएको छ । भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाकै कारण धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी हस्पिटलमा निधन भएको हो । श्रेष्ठका माइला छोरा कृष्णकुमार श्रेष्ठको २४ असोजमा बिएन्डबी अस्पतालमा र साइँला छोरा विष्णुकुमार श्रेष्ठको १८ असोजमा उचपारकै क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि भएकी कृष्ण कुमारकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन् ।जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमा छन् । धर्मकुमारका कान्छा छोरा अमृत श्रेष्ठमा १७ असोजमा कोरोना पुष्टि भएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ सदस्यको ज्यान गएको छ ।
भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो ।
कोरोनाकै कारण धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी हस्पिटलमा निधन भएको हो ।
श्रेष्ठका माइला छोरा कृष्णकुमार श्रेष्ठको २४ असोजमा बिएन्डबी अस्पतालमा र साइँला छोरा विष्णुकुमार श्रेष्ठको १८ असोजमा उचपारकै क्रममा मृत्यु भएको थियो ।
संक्रमण पुष्टि भएकी कृष्ण कुमारकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् ।
जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन् ।जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमा छन् ।
धर्मकुमारका कान्छा छोरा अमृत श्रेष्ठमा १७ असोजमा कोरोना पुष्टि भएको थियो ।
Related