• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्री शाहीद्वारा कर्णाली प्रदेशका सचेतक निस्काशित, नयाँ सचेतकमा सीता नेपाली नियुक्त

  •    शुभेच्छा न्यूज  /२६ आश्विन २०७७, सोमबार १५:४४ ,  प्रकाशीत
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ ।

    प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गरेका छन् ।

    उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको एक सांसदले बताए ।

    यसअघि सचेतक नियुक्त गरिएका शाह ओली निकट हुन्। उनी सल्लायनबाट प्रतिनिधित्व गर्छन्।

    मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ।

    आइतबार १८ सांसदले विद्रोह गरेपछि केन्द्रबाट मिलाउने प्रयास भइरहेको छ। सोमबार बिहानै मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले छलफल गरेका थिए।

    प्रचण्डले अविश्वासको प्रस्ताव तत्काल रोक्न पार्टी अध्यक्ष ओली र वरिष्ठ नेतालाई आग्रह गरेका छन्।

    नेता नेपालले पनि मुख्यमन्त्रीको कार्यशैली स्वेच्छाचारी भएकाले सच्चिनुपर्ने र अविश्वासको प्रस्ताव रोकिनुपर्ने बताएका छन्।

    पार्टी केन्द्रले पहल गरिरहँदा मुख्यमन्त्रीले अर्को जवाफीm‘एक्सन’ सुरु गरेको प्रदेशसभा सदस्य बताउँछन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.