पोखरामा तीन सय रोपनी जग्गामा सुकुम्बासीलाई राख्नलागेको भन्दै ठगी गर्ने ८ जना पक्राउ
"स्थानीय सुकुम्बासीबाट प्रतिपरिवार ७ हजारका दरले आर्थिक संकलन "
तपाईको प्रतिक्रिया





पोखरामा अव्यवस्थित बसोबासीलाई ठग्ने गिरोहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने प्रलोभन देखाएर आर्थिक संकलन गरि ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रमुख जिवन श्रेष्ठले अव्यवस्थित सुकुम्बासी समस्या सामाधान आयोगको नाममा कृते कागज गरि १ लाख ६१ ह्जार रुपैया ठगि गरेको जानकारी दिए ।
हिराबहादुर तामाङ नक्कली कार्य समितिका प्रमुख रहेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले मिटिङ गरेको रजिष्टर, नगदी रसिद र आर्थिक संकलन गरेको अर्धकट्टी समेत बरामद गरेको छ ।
पोखरा महानगरपालिकाको वडा नम्बर १४ भोटे चौतारामा रहेको ३०० रोपनी जग्गामा १६० घरपरिवार जग्गा उपलब्ध गराउने भन्दै नक्कली समितिले पत्राचार गरेको थियो ।
लेटर प्याडमा अव्यबस्थित सकुम्वासी समस्या समाधान आयोग काठमाडौं, स्थापित २०६८ लेखेको पाइएको छ ।
सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीको समेत हस्ताक्षर कृते गरि नक्कली कागजात बनाएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले स्थानीय सुकुम्बासीबाट प्रतिपरिवार ७ हजारका दरले आर्थिक संकलन गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनिहरु बिरुद्ध ठगि मुद्धा चलाउने तयारी गरेको छ ।
Related