पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्लमा कोरोना सङ्क्रमण, गाउँपालिकाका सबै सेवा बन्द
"संक्रमणपछि गाउँपालिकाका सबै सेवा बन्द "
तपाईको प्रतिक्रिया





पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतमा कोरोना संक्रमणको पुष्ट एकामध्येका पहिलो उच्च पदस्थ व्यक्ति मल्ल हुन् । उनमा कोरोनाको लक्षण भने देखिएको छैन ।
मल्ल कास्कीको पोखरामा रहेको चरक अस्पतालको आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।
उनी नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कोषाध्यक्ष समेत हुन् ।
गत शनिवार गाउँपालिका अध्यक्ष मल्लसहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत गरेर ४४ जनाको कोरोना परीक्षणका स्वाब लिइएको थियो । परीक्षणका क्रममा थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।
उनी पनि बिदामा घरमा नै बसिरहेको बताइएको छ । योसँगै पर्वतमा कोरोना सङ्क्रमितको संख्या १ सय २७ पुगेको छ ।
संक्रमणपछि गाउँपालिकाका सबै सेवा बन्द
गाउँपालिकाका अध्यक्ष मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।
संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।
बिज्ञप्तीमा पालिकाका जनप्रतिनिधी, कर्मचारी, तथा सम्पर्कमा आएका सबैलाई सुरक्षित रुपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गर्नुभएको छ ।
अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधी, कर्मचारी, अन्य ब्यक्तिको परिक्षण गरिने भएको छ ।
Related