पोखरा सहित गण्डकी प्रदेशमा २७ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार १ सय २७
"संक्रमितको संख्या ५ हजार १ सय २७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विपी कोइराला स्मृत अस्पताल चितवन, भरपुर चितवन, चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले कास्कीमा १, गोरखामा १६, नवलपरासी पूर्वमा ६, तनहुँ २,
स्याङजामा १ र लमजुङमा १ जनामा संक्रमण देखिएको बताए। यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार १ सय २७ पुगेको छ।
संक्रमण देखिएकालाई सम्वन्धित जिल्लाको आएसोलेसनमा पठाउने तयारी भइरहेको उनले बताए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण अहिले सम्म ४२ जनको मृत्यु भएको छ।
Related