पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलाको कोरोना संक्रमणबाट मृत्यु
"स्याङ्जाको भीरकोट नगरपालिका २ की महिलाको कोरोना संक्रमणबाट मृत्यु "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको भीरकोट नगरपालिका २ की ५२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार कै क्रममा उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ केन्द्रमा उनको ज्यान गएको हो ।
ती महिलामा कोभिडसँगै थाइरोइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
Related