• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ढोका फुटाएर बलात्कार प्रयास गर्ने पुरुषको खुकुरी प्रहार गरी हत्या

  •    शुभेच्छा न्यूज  /२९ आश्विन २०७७, बिहीबार ०९:४८ ,  प्रकाशीत
  • मध्यराती ढोका फुटाएर बलात्कार प्रयास गर्ने पुरुषको हत्या भएकाे छ ।

    धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउँनेमा ३० बर्षीया कमला गुरुङले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन् । घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।

    लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए ।

    महिलाले आफुलाई बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको बताएकी छिन् ।

    उनले राती ढोका करिब १० बजे फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि प्रतिकारमा खुकुरी प्रहार गरेको कमलाले बयान दिएकी छन् ।

    हाम्रो प्रारम्भिक अनुसन्धानले पनि बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको छ ।मृतकको शवलाई पनि पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएकाे छ ।

    महिलालाई पनि नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीेले बताएकाे छ ।

    कमलाको भनाई उदृत गर्दै स्थानीय हस्तबहादुर मगरले दिएको जानकारी अनुसार राती कमलाको घरमा गएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरे ।

    भित्रबाट नखोलेपछि बाहिरबाटै ठेलेर चुकुल उक्काई भित्र पसेर लीलबहादुरले कमलामाथि बलात्कार प्रयास गरे ।

    सोही क्रममा खुकुरी भेटेर हानेको कमलाले बयान दिएका छन् ।

    खुकुरी प्रहारपछि लीलबहादुर भागेका थिए । टाउकोमा गंभीर चोट लागेका उनको बिहान स्थानीय लाहुरे खोल्सीमा शव फेला परेको थियाे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.