पोखरा २७ सहित गण्डकी प्रदेशमा ३० कोरोना संक्रमित थपिए
"प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५०१ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिएका ३० संक्रमितमध्ये २७ जना कास्कीका छन् । यस्तै लमजुङ, स्याङजा र म्याग्दीका १/ १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ३२ र ७१ वर्षीय पुरुष, वडा नं २ का ३५ वर्षीय पुरुष वडा नं ३ का ३० वर्षीय पुरुष, वडा नं ४ का ३५ र ३८ वर्षीय पुरुष, वडा नं ५ का १६ वर्षीया महिला, वडा नं ७ का २२ र ४८ वर्षीया महिला, वडा नं ८ का ४२ र ५२ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी वडा नं ९ का २३ वर्षीय पुरुष र २५ वर्षीया महिला, वडा नं १० का ३५ वर्षीय पुरुष, वडा नं ११ का २४ वर्षीया महिला र ३२ वर्षीय पुरुष, वडा नं १२ का ३४ वर्षीय पुरुष, वडा नं १३ का २४ वर्षीय पुरुष, वडा नं १४ का ३१ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी वडा नं १७ का २३, ३५ र ४६ वर्षीय पुरुष र २२ वर्षीया महिला, वडा नं २० का ४२ वर्षीय पुरुष, वडा नं २८ का ७० वर्षीय पुरुष, वडा नं ३३ मा नौ महिनाका बालिक तथा पोखराका वडा नखुलेका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ का ४४ वर्षीय पुरुष, स्याङ्जाको हरिनास गाउँपालिका वडा नं ६ का १८ वर्षीय पुरुष र लमजुङको मध्य नेपाल नगरपालिका वडा नं ४ का ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५०१ पुगेको छ ।
Related