पोखरामा लाइफकेयर ल्याबले सुरु ग¥यो पीसीआर परीक्षण "पीसीआर परिक्षणका लागि प्रतिब्यक्ति २ हजार " शुभेच्छा न्यूज /३० आश्विन २०७७, शुक्रबार १५:५८ , प्रकाशीत पोखराको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना भाइरसको पीसीआर परीक्षण सुरु गरेको छ । बिगत ५ वर्ष अगाडिबाट पोखराको न्युरोडस्थित सञ्चालित ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त प्रदेशकै १ मात्र ‘क’ वर्गको उक्त ल्याबले पहिलोपटक निजीस्तरबाट पीसीआर परीक्षण सुरु गरेको हो । कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. अमर नागिलाले जानकारी दिए । पीसीआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको नागिलाले जानकारी दिए । ल्याबमा १ पटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिने किसिमको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन राखिएको छ । ल्याबमा बिहान ७ बजेबाट साँझ ७ बजेसम्म करिब ३ सय स्वाब परीक्षण गर्न सकिने छ । आवश्यकता अनुसार २४ घण्टा नै ५ सय बढी परीक्षण गर्न सकिने नागिलाले बताए । गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पीसीआर परिक्षणका लागि प्रतिब्यक्ति २ हजार रुपैयाँ कायम गरिए छ । पोखरासहित गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गरी कोभिड परीक्षण सुरु गरिएको ल्याबले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराको लाइफकेयर डाइग्नोस्टिक प्रालिले कोरोना भाइरसको पीसीआर परीक्षण सुरु गरेको छ ।
बिगत ५ वर्ष अगाडिबाट पोखराको न्युरोडस्थित सञ्चालित ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ
ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त प्रदेशकै १ मात्र ‘क’ वर्गको उक्त ल्याबले पहिलोपटक निजीस्तरबाट पीसीआर परीक्षण सुरु गरेको हो ।
कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी थप लगानी गरी प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. अमर नागिलाले जानकारी दिए ।
पीसीआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको नागिलाले जानकारी दिए ।
ल्याबमा १ पटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिने किसिमको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन राखिएको छ ।
ल्याबमा बिहान ७ बजेबाट साँझ ७ बजेसम्म करिब ३ सय स्वाब परीक्षण गर्न सकिने छ । आवश्यकता अनुसार २४ घण्टा नै ५ सय बढी परीक्षण गर्न सकिने नागिलाले बताए ।
गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पीसीआर परिक्षणका लागि प्रतिब्यक्ति २ हजार रुपैयाँ कायम गरिए छ ।
पोखरासहित गण्डकी प्रदेशको आवश्यकतालाई मध्यनजर गरी कोभिड परीक्षण सुरु गरिएको ल्याबले जनाएको छ ।
Related