पर्वतमा दशैंको अवसर जिल्ला बाहिरबाट आएका ब्यक्ति अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
तपाईको प्रतिक्रिया





दशैंको अवसर पारेर भिडभाड हुने गरी भोजभतेर तथा पार्टी गरेमा कारबाही हुने भएको छ ।
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र पर्वतको बिहीबार बसेको बैठकले दशैँ तिहार छठ जस्ता चाडपर्वको अवसरमा कसैले
भोजभतेर तथा जुवातास खेल्ने र भिडभाड गर्ने खालका कुनै पनि गतिबिधि सञ्चालन गरेको पाईए कारबाही गर्ने निर्णय गरेको हो ।
जिल्ला बाहिरबाट आएका ब्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको अनुगमन सम्बन्धित वडा अध्यक्ष तथा सदस्यले गर्ने निर्णय गरिएको छ।
त्यसैगरी कोरोना भाइस संक्रमितहरु होम आइसोलेशनमा बस्दा बाहिर हिडलुल गर्ने गरेको पाइएमा जिल्ला प्रशासन कार्यलयले कडा कारवाही गर्ने भएको छ ।
जनस्वास्थ्यका मापदण्डहरु नअपनाई जथाभाबि हिडडुल गर्न नपाइने नियम भएपनि यस्ता कार्य बढ्दै जान थालेकोले यस्ता गतिविधि नगर्न प्रशासनले ध्यानाकर्षण गराएको छ ।
यसै बिच यस बर्षको दशैमा शुभकामना आदानप्रदान, चियापान जस्ता मानिसहरु बढि भिडभाड हुने खेलकुदका र अन्य कुनैपनि
खाले मनोरन्जनात्मक कार्यक्रमहरु गर्न नपाइने निर्णय पनि उक्त बैठकमा भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए ।
बैठकले कुनै पनि किसिमको बैठक, भेला, साधारण सभा, तालिम सेमिनार र गोष्ठि समेत गर्न नपाइने निर्णय समेत गरेको छ ।
Related