• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरेली कलाकारको दशै विशेष लोकगित ‘रिन खोजेर भएपनि’ सार्वजनिक (भिडियो सहित)

  •    शुभेच्छा न्यूज  /३० आश्विन २०७७, शुक्रबार २०:२६ ,  प्रकाशीत
  • नेपाली लोकसंगितको क्षेत्रमा पछिल्लो समय विभिन्न खाले विक्रिति र विसंगति भित्रीदै आएको बेला पोखरेली लोक पृय गायकहरुले दशै बिशेष गित बजारमा ल्याएका छन् ।

    लोमो समयदेखि पोखरालाई कर्मथलो बनाएर लोकगित र संगितका क्षेत्रमा अनवरतरुपमा लागिरहेका चर्चित लोकपृय गायक तारापती

    सुवेदी,जीवन दाहाल, सरिता अधिकारी  र सरला अधिकारीले आफ्नै आवाजमा नयाँ दशै विशेष गीत ‘रिन खोजेर भएपनि’ बोलको गित बजारमा ल्याएका छन् ।

    साढेदुई दशक देखि लोक संगितका क्षेत्रमा रहेर विभिन्न घट्ना परिघट्नामा केन्द्रीत भएर नेपाली लोक संगितको श्रृबृद्धीमा अनवरत लागिरहेका गायक सुवेदीको अगुवाईमा यस पटक फरक स्वादको दशै बिशेष गित बजारमा आएको हो ।

    लोक संगितको यात्रामा बस्तुपरक र यथार्तवादी घट्नामा केन्द्रीत भएर नेपाली लोककला र संस्कृतिको जर्गेना गर्दै फरक प्रकृतिका घट्नालाई नेपाली मानसपटलमा उभ्याउने यात्रालाई सुवेदीको टिमले काम राखेको छ।

    कोरोना भाइरसको महावारीका कारण बन्दान्दीले नागरिकहरु लामोसमय सम्म घरमै थुनिएर त्रासमा बाँचिरहेका बेला समेत गायक
    सुवेदीको टिमले नेपाली कला संस्कृत, रितिरिवाज र चाडपर्वका मैलिकतालाई केलाएर फरक स्वादमा दशै विशेष गित बजारमा ल्याएको हो ।

    गितमा चाडपर्वका बेला एक गरिव परिवार र उनीहरुका दुखकष्टका भोगाईलाई कलात्मक रुपमा गीतका माध्यमले उठान गरिएको छ।

    त्यस्तै गितमा नेपाली गाउँ घर देखि रोजगारिका लागि बिदेशी भुमिमा पुगेर आफ्नो घरपरिवारको दुख पीडालाई उठान गरिएको छ।

    पछिल्लो समयमा रोजगारीका लागि बिदेशी भुमीमा पुगेर घर परिवार र आर्थिक समृद्धीको सपनामा बाँचेका युवाको भाव र बेदनालाई यथार्तपरकरुपमा समेटिएको छ।

    गायकले गितमा सुरुदेखि अन्य सम्म घर, परिवार र समाजका पीडालाई यथार्तपरक ढंगले पस्किएका छन् ।

    गीतलाई प्रेम राज अधिकारीले शब्द सिर्जना गरेका छन भने गायकहरु सुवेदी र दाहालले लय सिर्जना गरेका छन ।

    गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रहेको छ ।भिडियोको तारानाथ आचार्यले निर्देशन गरेका छन ।

    सो भिडियोमा मोहन अधिकारी,सरिता धनकुटी लगायतका करिव एक दर्जन कलाकारहरुले अभिनय गरेका छन ।

    गीतलाई जीवन दाहालको आफ्नो युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.