पोखरा क्षेत्रमा कोरोना संक्रमण भयावह बन्दै,स्वास्थ्य संस्थाहरु स्वास्थ्यकर्मी विहिन
तपाईको प्रतिक्रिया





कोरोना भाइरस संक्रमणका कारण पोखरा क्षेत्रको अवस्था भयावह बन्दै गएको छ।
दिन प्रतिदिन कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ। संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या समेत दिनप्रतिदिन बढ्दो छ।
गण्डकी प्रदेशमा केही दिनदेखि प्रत्येक दिन जस्तो संक्रमितको मृत्यु भइरहेको छ।चिकित्सकहरुले समेत पोखराको अवस्था नाजुक बन्दै गएको बताएका छन् ।
पोखरास्थित रहेको ग्यालेक्सी अस्पतालका निर्देशक डाक्टर ऋषि ढकालले आफ्नो फेसबुकमा स्टाटस लेख्दै अस्पतालका स्वास्थ्यकर्मीहरु संक्रमित भएर स्वास्थ्य संस्थाहरु स्वास्थ्यकर्मी विहिन बन्न थालेको बताएका छन् ।
उनले स्वास्थ्यकर्मीहरुको मनोवल एकदमै गिरेको बताएका छन् ।
डाक्टर ढकालले आफ्नो परिवारका सदस्य गूमाएपछि पछुताउने शिवाय केही नभएको भन्दै अनावस्यक काममा घरबाहिर ननिस्कन समेत आग्रह गरेका छन् ।
उनले पोखराका कोरोना उपचार केन्द्र ९कोभिड अस्पताल० हरुमा बेड भरिएर उपचारनै नपाउने अवस्था आएको बताएका छन् ।
उनले स्टाटसको अन्त्यमा कसैको मुखनताकी एउटा जिम्मेवार नागरिकको कर्तब्य पालना गर्न सम्पुर्ण नागरिक संग आग्रह समेत गरेका छन् ।
Related