चरक मेमोरियल अस्पतालमा उपचाररत पोखराका एक युवाको कोरोना संक्रमणबाट मृत्यु
"पोखरा १७ का ४७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु "
तपाईको प्रतिक्रिया





पोखरामा थप एक कोरोना संक्रमतिको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ का ४७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोना संक्रमित पुरुषको पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाइको छ।
ती पुरुषमा गत असोज २३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
Related