पोखरामा २५ सहित गण्डकी प्रदेशमा ७ जिल्लाका ६७ जनामा संक्रमण पुष्टि
"प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा पोखरामा २५ सहित गण्डकी प्रदेशमा ७ जिल्लाका ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीको पहिलो, दोस्रो, तेस्रो र चौथो विज्ञप्ति अनुसार अनुसार पोखरा महानगरका २५ जना, स्याङ्जाका १०
जना लमजुङका ४ जना, नवलपुरका १७ जना, गोरखाका ७ जना तनहुँ १२ जना र बागलुङ ८ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या ५७२४ पुगेको छ ।प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको छ।
Related