बुटवल मणिग्राम घरभई भियनामा बस्दै आएकी महिलाद्वारा आफ्नै तीन बच्चाको हत्या
"३१ वर्षिय बुटवल मणिग्राम घर भएकी चन्द्रा भट्टराई अर्यालले आफ्नै ३ वटा बच्चाहरुको हत्या "
तपाईको प्रतिक्रिया





अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन्।
३१ वर्षिय बुटवल मणिग्राम घर भएकी चन्द्रा भट्टराई अर्यालले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या गरेकी हुन्।
ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको र दुई बालिकाहरु नौ र तीन वर्षका थिए।
ती महिलाले बिहान ५ बजे र २० मिनेटमा हत्या गरेर पुलिसलाई मेरा २ छोरी र १ छोरालाई मारे म आत्महत्या गर्छु भनेर फोन गरेकाे नेपाली राजदुत मणि भट्टराईले जानकारी दिए।
उनका अनुसार हत्या पछि चन्द्राले आत्महत्याको प्रयास गरेकी थिइन्।
प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको राजदुत भट्टराईले बताए।
घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ। घटनाको बारेमा बिस्तृत अनुसन्धान भैरहेको छ।
sorce breaknlinks.com
Related