• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लकडाउनकै अवघिमा भएका दुर्घटनामा गण्डकी प्रदेशका ३९ जनाको मृत्यु

  •    शुभेच्छा न्यूज  /३ कार्तिक २०७७, सोमबार १०:०१ ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।

    कोभिड १९ का कारण लकडाउन घोषण गरिएको समयमा गण्डकी प्रदेशमा सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका हुन्।

    प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएका छन् ।

    गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी प्रभु ढकालले प्रदेशका ११ जिल्लामा तीन महिनामा १०२ वटा सवारी दुर्घटना भएको बताए।

    उनका अनुसार नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् ।

    कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी साधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार/चार वटा सवारी साधन दुर्घटनामा दुई/दुई जनाले ज्यान गुमाएका ढकालले बताए ।

    यस्तै, पर्वतमा दुई वटा सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारी साधन दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् ।

    गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक/एक वटा सवारी साधन दुर्घटनामा परेका भएपनि कसैको ज्यान गएको छैन /मनाङमा कुनै पनि सवारी साधन दुर्घटनामा नपरेका ढकालको भनाइ छ ।

    सवारी दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जीप, कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई/दुई वटा डोजर तथा ट्याम्पो दुर्घटना भएको ढकालले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.