गण्डकी प्रदेशमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि
"प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा मंगलबार १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८७ पुगेको छ । संक्रमितमध्य ३ हजार ६७९ जना संक्रमण मुक्त भएका छन् ।
५५ जनाको मृत्यु भएको छ/२ हजार ३५३ जना आइसोलेसनमा छन् ।सक्रिय संक्रमितमध्य सबैभन्दा बढि कास्कीमा १०३६ जना छन् ।
यस्तै क्रमस नवलपुरमा ४८२, तनहुँमा २४२, बागलुङमा १९६, गोरखामा १७०, स्याङ्जामा ९९, लमजुङमा ९०, म्याग्दीमा २१, पर्बतमा १६ र मनाङमा १ सक्रिय संक्रमित छन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
एकसाता देखि पोखराका विभिन्न अस्पतालहरुमा दैनिकरुमा कोरोना संक्रमितको मृत्यु हुदै आएको छ।
Related