पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक युवाको मृत्यु
"निमोनिया र स्वासप्रस्वास सम्बन्धि समस्या "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा महानगरपालिका २२ का ४४ वर्षीय युवाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।
कोरोना पुष्टि भएका पुरुषमा कोरोना संक्रमण सँगै निमोनिया र स्वासप्रस्वास सम्बन्धि समस्या रहेको निर्देशक शर्माले बताए।
एकसाता देखि पोखराका विभिन्न अस्पतालहरुको दैनिकरुमा कोरोना संक्रमितको मृत्यु हुदै आएको छ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
Related