गण्डकीका मुख्यमन्त्री र मन्त्रीले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने
"कांगे्रसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदले मंगलबारनै दशैं भत्ता फिर्ता "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले चाडपर्व भत्ता कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
कोरोना महामारिले आर्थिक अवस्था जर्जर भएको बेला मन्त्री र सांसदले दशैं भत्ता बुभेको भन्दै आलोचना भएको थियो ।
गण्डकी प्रदेशका सांसदलाई गण्डकी प्रदेशसभा सचिवालले दशै भत्ता खातामा जम्मा गरिसकेको छ ।
नेपाली कांगे्रसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदले मंगलबारनै दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् ।
प्रदेश सभामा प्रतिनिधत्व गर्ने सत्ता पक्षा लागाएत अन्य दलका सांसदले भने भत्ता फिर्ता गरेको सार्वजनिक भएको छैन ।
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको छ।
प्रदेश सरकारले कोरोना महामारीका बेला चाडबाडमा भीडभाड नगर्न र सामाजिक दूरी कायम गरी आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेको छ।
Related