पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
"गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ "
तपाईको प्रतिक्रिया





पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
करिव एकसाता अघि स्वास्थ्य समस्या देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएका म्याग्दीको धौवलागिरी गाउँपालिका ७ का ८५ वर्षे पुरुषको मृत्यु भएको हो ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि २९ असोजमा अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।
उनमा निमोनिया र किड्नीको समस्या रहेको अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले जानकारी दिए ।
योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।
गण्डकीमा अहिले सम्म ६ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ ।
Related