पोखरा महानगरको सेवा प्रवाह बिहिबार देखि शुचारु हुदै
"उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका सबै उपायको अबलम्वन गदै सेवा सुरु गर्ने निर्णय "
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिकाको सेवा बिहिबारदेखि शुचारु हुने भएको छ ।
महानगर कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम मुल समितिको बुधबार बसेको बैठकले बिहिबारबाटै बन्द सेवा सुरु गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका सबै उपायको अबलम्वन गदै सेवा सुरु गर्ने निर्णय गरेको हो ।
असोज २९ गतेदेखि बन्द रहेकोमा कात्तिक १३ गते बिहीबारदेखि सञ्चालन हुने भएको हो ।
पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको कात्तिक १२ गते बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य
सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जारी गरेको सूचनामा उल्लेख छ ।
असोज अन्तिम साता कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सार्वजनीक सुचना प्रकाशित गरेर सेवा बन्द गरेको थियो ।
पोखरा महानगरका १५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । राजस्व, प्रशासन, नक्सा शाखा, शिक्षा महाशाखा, स्वास्थ्य महाशाखाका गरी १५ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
Related