समुदायमा कोरोना संक्रमण देखिएपछि एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द
तपाईको प्रतिक्रिया





पर्वतको सदरमुकाम कुस्माबजारमा शुक्रबार राती देखि एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।
समुदायमा कोरोनाको संक्रमण फैलिएपछि डिसिसिएमसीको सम्पन्न बैठकले एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
डिसिसिएमसीले कार्ति १४ गते शुक्रबार राति १२ बजेदेखि २१ गते सम्म कुस्मा नगरपालिकाको ४,५,६ र ७ वडा कार्यलय र कुश्मा नगरपालिकाका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण फैलन नदिन कुश्मामा रहेका सम्पुर्ण बैक तथा बित्तिय संस्था र अति अबश्यक बाहेकका सम्पुर्ण पसलहरु पनि बन्द गराउने निर्णय पनि गरेको छ ।
अत्याबश्यक बाहेक सबै सेवा बन्द गरिएका कारण भीडभाड कम हुँदा संक्रमण फैलन कम हुने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए।
Related