पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु
"गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७५ "
तपाईको प्रतिक्रिया





पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।
उनलाई कार्तिक १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा बसेका थिए । उनको होम आइसोलेसनमा नै आज बिहान ज्यान गएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यता पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत स्याङजाको वालिङ् ५ की ७० वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो ।
कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको शुक्रबार विहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७५ पुगेको छ ।
Related