• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट प्याराग्लाइडिङ व्यवसाय बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ सांसद बराल

  •    शुभेच्छा न्यूज  /१६ कार्तिक २०७७, आईतवार १०:३२ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन्।

    पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको

    सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने बताएका हुन्।

    पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना चिन्तित

    भएको अबस्थामा सांसद बरालले गण्डकी प्रदेशको राजधानि पोखरा भएकोले गर्दा पोखरामा पनि यस प्याराग्लाईडिङ व्यवसायलाई

    दिगो रुपमा संचालन गर्न के गर्न सकिन्छ त्यसको लागि आवश्यक पहल गर्ने समेत बताए ।

    पहिलो पटक प्याराग्लाइडिङ गर्दाको अनुभव निकै रमाईलो लागेको बताएका सांसद बरालले शनिबार भने थोरै मौसम वदली हुँदा धेरै उचाईमा जान नपाएकोमा पुनः प्याराग्लाईडिङ गर्ने इच्छा रहेको जनाए ।

    फ्लाईङ बुद्ध प्याराग्लाईडिङ कम्पनीबाट प्याराग्लाईडिङ पाइलट एवं प्रशिक्षक बालु बसेलले सांसद बराललाई सराङकोट देखि खपौंदी सम्मको क्षेत्रमा करिब २५ मिनेट प्याराग्लाईडिङ गराएका थिए ।

    पोखराको पर्यटन क्षेत्रको राम्रो सम्भावन भएको प्याराग्लाईडिमा धेरै समस्या भएको र पोखरा क्षेत्रिय विमानस्थल संचालनमा आएसंगै आफुहरु विस्थापित हुनु पर्ने एक प्रकारको हल्लाले आफुहरु निकै चिन्तित भएको पाइलट बसेलले सांसद समक्ष गुनासो समेत गरे ।

    फ्लाईङ प्याराग्लाईडिङ कम्पनीका संचालक एवं प्याराग्लाईडिङ पाइलट हरि गिरीले प्याराग्लाईडिङ क्षेत्रमा हाल धेरै समस्या रहेको बताए ।

    आन्तरिक पर्यटकहरुलाई हाल बिषेश छुटमा प्याराग्लाईडिङ गराउन थालैसंगै प्याराग्लाईडिङ गर्नेको सङख्या ह्वात्तै बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

    कोरोनाको कहरमा पर्यटकहरु निकै कम आगमन हुने भएकोले पोखरा र पोखरा आसपासका आन्तरिक पर्यटकहरुलाई कम्तिमा

    एक पटक प्याराग्लाईडिङ गराएर आनन्द दिलाउन पनि आफुहरुले बिषेश छुटमा प्याराग्लाईडिङ गराउन कम्पनी तथा

    पाइलटहरुसंगको सहकार्यमा आव्हान गरिएको उनले जनाए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.