पोखराको मातृशिशु मितेरी अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा
तपाईको प्रतिक्रिया





प्रभु बैंक लिमिटेडले पोखराको मातृशिशु मितेरी अस्पतालमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा रहेको अस्पतालमा विस्तारीत नयाँ एक्सटेन्सन काउन्टरबाट ग्राहकले बैंकको सम्पूर्ण सुविधा पाउनेछन् ।
काउण्टरको उद्घाटन कास्की क्षेत्र नम्बर २ क का प्रदेश सांसद कृष्ण थापाले गरेका थिए । काउण्टरबाट ग्राहकले एटीएम सुविधा पनि पाउने छन् ।
एटीएमको उद्घाटन अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष उषा बरूवालले गरेकी थिइन् ।
कार्यक्रममा बैंकका बगर शाखा प्रबन्धक हेमन्त बाबु आचार्यले बैंक र ग्राहकले पाउने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए
Related