गण्डकी प्रदेशका मुख्यमन्त्री सांसदबीच जुहारी ; अस्पतालमा बेड नपाएर मर्नु परेको दोषपनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि ?
"आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित बनाइएको स्पष्ट "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले आफूले गर्न नसकेका कामपनि प्रचण्डलाई दोष दिएर उम्किने कि आफैले केहि गर्ने भनेर कडा प्रश्न सोधेका छन् ।
मुख्यमन्त्री गुरुङले बुधबार एक अनलाईन न्यूज पोर्टललाई ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने अभिव्यक्ति दिएपछि
त्यसको प्रतिउत्तर स्वरुप जवाफ फर्काउँदै नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेका सभापति कोईरालाले सामाजिक सञ्जाल
फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि
पार्टी फुट्यो भने) त्यो समयले बताउला तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालमा बेड नपाएर मर्नु परेको दोषपनि
प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केहि गर्नुहुन्छ मुख्यमन्त्री ज्यू ? ।’
त्यस्तै, नेकपाका अर्का नेता तथा गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराललेपनि मुख्यमन्त्रीको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।
उनले पनि सामाजिक सञ्जाल फेसवुकमा मुख्यमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गरेर स्टाटस लेख्दै मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीको विश्वास पात्र बन्ने नाममा लाज लाग्ने खालको अभिव्यक्ति दिएको बताएका छन् ।
उनले भनेका छन्,‘पार्टीका एउटा अध्यक्ष केपी ओली जी को एक नम्बर विश्वास पात्र बन्ने दौडमा केहि नेता लागि परेका छन् ।
ओलीजीले पार्टी फुटाल्ने सम्मका प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग राख्ने कुरा व्यंग्य गर्नुभएको भनी बचाउ गर्नुकोपनि लज्जाको विषय होईन ?
त्यस्तै, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो अभिव्यक्तिलाई अतरञ्जित पारिएको स्पष्ट पारेका छन् ।
‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्र्तवार्ता दिएपछि विवादमा फसेका मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित बनाइएको स्पष्ट पारेका हुन् ।
मुख्यमन्त्रीका तर्फबाट उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी अन्तर
संघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ, वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकगठनका लागि मरिमेटेर लागिरहनु भएको छ ।’
न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्ति कुनै खास नेतालाई दोष दिने खालको नभएको दाबी गरेका छन् । उनले मुख्यमन्त्रीले कुनै खास नेतालाई दोष दिने धारणा नबोक्ने र पार्टी एकता मजबुत बनाउने नै मुख्यमन्त्रीको धारणा भएको उल्लेख गरेका छन् ।
साथै समाचार शीर्षकको भरमा अभिव्यक्तिलाई नबुझिदिनुहुन स्टाटसमा अनुरोध गरिएको छ ।
Related