• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोरोना संक्रमण बढेपछि चार पालिकामा लकडाउन

"समुदायस्तरमा फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन  "
  •    शुभेच्छा न्यूज  /२० कार्तिक २०७७, बिहीबार १०:४२ ,  प्रकाशीत
  • कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । पर्वतको कुश्मा नगरपालिकासहित जलजला, मोदी र महाशीला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो ।

    लकडाउन घोषणा गरिएका पालिकाहरुमा अत्यावश्यक बाहेकका पसल तथा पालिकाबाट दिइने सेवाहरु बन्द भएका छन् ।

    दशैंपछि समुदायमा संक्रमण बढेपछि त्यसलाई रोक्न र संक्रमितको सम्पर्कमा धेरै व्यक्ति पुग्न नसकून् भनेर लकडाउन गरिएको पालिकाहरुले जनाएका छन् ।

    कुश्मा नगरपालिकामा कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातीदेखि लकडाउन जारी रहेको छ ।

    त्यसै गरी पर्वतको जलजला गाउँपालिकामा मंगलबार रातीदेखि लागू हुने गरी कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ ।

    उता महाशीला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँडडुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

    कुुश्मा नगरपालिकाले सदरमुकाम कुश्माबजारभित्रका वडा नं। ४, ५, ६ र ७ मा कात्तिक १५ गते रातीदेखि लकडाउन घोषणा गरेको छ, जसले गर्दा बजारका वित्तीय संस्था, बैंक, सहकारी, शैक्षिक संस्था र उद्योग व्यावसाय ठप्प बनेका छन् ।

    एकैदिन समुदायका ९ जनामा संक्रमण देखिएपछि कुश्माबजार लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

    यता जलजलाको गाउँपालिकास्तरीय संकट व्यवस्थापन समितिको बैठकले पालिकाका वडाहरुमा संक्रमण फैलन नदिनका लागि बुधबारदेखि लागू हुने गरी कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।

    पछिल्लो समय छिमेकी जिल्ला र पालिकाहरुमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप संक्रमण नफैलियोस् भनेर लक डाउन गर्ने निर्णय भएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

    यसै गरी मोदी गाउँपालिकामा पनि र कात्तिक १७ गते ९सोमबार० रातीदेखि गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक संघसंस्थाबाट प्रदान गरिने सेवाहरु, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवं सहकारीबाट प्रदान गरिने सेवाहरु कात्तिक २२ गते राती १२ बजेसम्म बन्द गरिएको छ ।

    जिल्लाको फलेवास नगरपालिका, विहादी र पैंयु गाउँपालिकामा भने कुनै बन्द तथा सेवा अवरुद्ध गरिएको छैन ।

    छिमेकी जिल्ला म्याग्दीको बेनी नगरपालिका र बागलुङ नगरपालिका पनि उच्च जोखिममा परेपछि एक साताका लागि लक डाउन गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.