• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

समाजसेवी बरालको १३औं पूण्यतिथिमा श्रद्धाञ्जली सभा

  •    शुभेच्छा न्यूज  /२० कार्तिक २०७७, बिहीबार १९:१८ ,  प्रकाशीत
  • समाजसेवी खुब बहादुर बरालको स्वर्गारोहण भएको १३औं दिनको पूण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

    २०१० साल बैशाख ९ गते, साविक आर्वा बिजय गाविस वडानं ३ गैराबारीमा बुबा हर्क बहादुर बराल तथा माता रत्न कुमारी बरालको कोखवाट जन्मिएका बरालको यही कार्तिक ८ गते निधन भएको थियो ।

    हाल पोखरा ४ पराजुली मार्गमा बसोवास गर्दै आएका बराल केही समय देखि पेट सम्बन्धी समस्याका कारण उपचार गराउदै आएका थिए। उनको उपचारकै क्रममा निधन भएका थियो।

    बराल धेरै सामाजिक संघ संस्थामा आवद्ध रही समाज सेवामा सकृय रहदै आएका थिए। उनी आर्वाको रतन पाण्डे मावि, रामघाट स्थित अमर सिंह माबि र सानोठिमी क्याम्पस भक्तपुरका पूर्व प्राध्यापक रहेका थिए। उनी सिंगापुर पुलिस फोर्सका पेन्सनर्स समेत रहेका थिए।

    उनी सिंगापुर गोर्खा पेन्सनर्स एसोसियसन नेपालका केन्द्रीय द्वित्तीय उपाध्यक्ष तथा पोखरा शाखाका सल्लाहकार रहेका थिए।

    यस्तै बराल ,आर्वा मौजा कुलायन मार्ग बाटो उपभोक्ता समितिका पूर्व अध्यक्ष, पोखरा १३आर्वा स्थित महाप्रभुधाम धार्मिक तथा पर्यटन

    बिकाश समितीको उपाध्यक्ष, क्षेत्री समाज नेपाल,लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ नेपालका एडभाइजर,भद्रकालि लायन्स क्लवका पूर्व अध्यक्ष र सहकारी लगायतका थुप्रै सामाजिक संस्थाहरुमा बिभिन्न पदमा रही पूर्ण रुपमा समाज सेवामा आफुलाई समर्पित गराएका थिए।

    बरालको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पोखरा महानगरपालिका मेयर प्रमुख मान बहादुर जिसीले बरालले आफ्नो जीवनकालमा गरेका संघर्ष र मेहनत अतुलनिय रहेको बताए।

    उनले स्वर्गिय बरालले नेपालमा मात्र नभई सिंगापुरमा समेत अध्यापन गरि शिक्षाको उज्यालो छर्ने काम गरेको बताए।

    प्रमुख जिसीले समाजका हरेक गतिबिधिमा बरालले खेलेको भुमिका अविश्मरणीय रहेको बताउदै उनले देखाएको समाजसेवा प्रतिको बाटो सबैले सिको गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए।

    श्रद्धाञ्जली सभामा सिंगापुर गोर्खा पेन्सनर्स एसोसियसन नेपालका निवर्तमान केन्द्रिय अध्यक्ष हरिध्वज गुरुङ, गोरखा मेमोरियल

    म्युजियमका अध्यक्ष मेःथम बहादुर गुरुङ, स्वर्गीय बरालका भाई शिब वहादुर बराल , शरद चन्द्र बराल लगायतले बरालले देखाएको बाटोमा लम्कनु पर्नेमा जोड दिए।

    स्वर्गीय बरालका श्रीमती गोमा देबी बराल र चार छोरीहरु रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.