पोखरामा ४८ सहित गण्डकी प्रदेशमा थप १०५ जना कोरोना संक्रमित थपिए
"गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा विबहानै थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पहिलो र दास्रो सूचनामा पोखरामा ४८ सहित गण्डकी प्रदेशमा थप १०५ जना कोरोना संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमितहरुमा सवै भन्दा धेरै नवलपुरका ४७ जना रहेका छन् ।
नवपलुरमा थपिएका सबै संक्रमीत कावासोतीका भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यसैगरी बागलुङको काठेखोलाका एक जना, पर्वतको कुस्माका दुईजना र स्याङ्जाका दुई जना संक्रमित थपिएका छन् ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार ३६९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
Related