दुई दिनदेखि हराइरहेका दाजुभाइ नै मृतावस्थामा फेला परेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले दिएको जानकारी अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।
दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट-३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।
मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो ।
दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्नेक्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए ।
मृत्युको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको उनले बताए ।

Related