• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

टानका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

  •    शुभेच्छा न्यूज  /२१ कार्तिक २०७७, शुक्रबार १८:३३ ,  प्रकाशीत
  • ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन भएको छ ।

    नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्ष एवम् निर्वाचन संयोजक डम्बर केसीले गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराए ।

    केसीले संस्थागत विकासमा एकजुट भएर सपथको मर्मअनुरुप काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे ।

    सो समारोहमा संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका साथ अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको बताए ।

    निर्वतमान अध्यक्ष हरि भुजेलले आफ्नो कार्यकाल सफल गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा नयाँ ऊर्जाका साथ लाग्न आग्रह गर्दैै नयाँ नेतृत्वलाई शुभकामना दिए ।

    नवनिर्वाचित अध्यक्ष सुसिलराज पौडेलले विषम् परिस्थिति प्राप्त जिम्मेवारी एक चुनौती रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वले टानको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

    उनले १५९ ट्रेकिङसम्बद्ध कम्पनी रहेको जनाउँदै व्यवसायबाट पलायन हुनबाट जोगाउने दायित्वसमेत टानको रहेको उल्लेख गरे ।

    सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य विजयी भएका छन् । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भएका छन ।

    सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भएका थिए । दुई सदस्य पछि मनोनित गरिने छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.