पोखरामा १८६ सहित गण्डकी प्रदेशमा थप दुई सय ७८ जना कोरोना संक्रमित थपिए
"प्रदेशमा जम्मा संक्रमितको संख्या नौ हजार १७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुई सय ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रयोगशालामा गरिएको नमुना परिक्षणमा एक सय सात जना महिला र एक सय सात जना पुरुषसहित दुई सय ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
निर्देशनालयका अनुसार कास्कीमा देखिएका सबै १८६ जना संक्रमित पोखरा महानगरपालिकाका हुन् ।
यस्तै गोरखाका ३१ जनामा संक्रमण पाइएको छ । १४१ जनामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो ।
बाग्लुङ र लमजुङका क्रमश ३१ र ४१ जनामा गरिएको परिक्षण १०–१० जना संक्रमित थपिएका छन् ।
नवलपुर वर्दघाट सुस्ता पूर्वका १० जनामा ६, स्याङ्जाका १७ जनामा ५ र पर्वतका ३८ जनामा गरिएको परिक्षणमा दुई जना संक्रमित थपिएका छन् ।
यो सहित प्रदेशमा जम्मा संक्रमितको संख्या नौ हजार १७ पुगेको छ । प्रदेशमा चार हजार ८५२ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १७ जना डिस्चार्ज भएका छन् ।
कोरोनाबाट एक सय तीन जनाको मृत्यु भएको छ ।
Related