गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकसँग १ मिनेट कार्यक्रम सुरुवात गरेको छ ।
सम्भावित सवारी दुर्घटना रोक्नका लागि प्रदेशका सडकमा गुड्ने गाडीका चालकसँग ट्राफिक प्रहरीले १ मिनेट दैनिक कार्यक्रमको सुरुवात गरेको हो ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले कार्यक्रम ट्राफिक प्रहरीसंगको चालकमैत्री व्यवहार तथा कुशल कार्यदक्षता समेत जोडिएकाले यो विषयमा सन्तोषजनक प्रतिक्रिया आइरहेको बताए ।
अन्य सरोकारवाला निकायसंग समन्वय गरेर राजमार्ग तथा ग्रामीण सडकहरुमा समेत थप कडाई गरिने उनको भनाई थियो । सवारी दुर्घटना न्युनीकरणका लागि आफूहरु सदैव अग्रसर हुने उनले प्रतिवद्धता व्यक्त गरे।
ट्राफिक प्रहरीले राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गाडीका चालकलाई ११ बजेपछि १ मिनेट रोकेर नमस्कार गर्ने छन् ।
चालकलाई कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सिट बेल्ट, हेल्मेटको प्रयोग गर्न सचेतना दिनेछन् ।
प्रदेशभित्रका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ अस्थाई ट्राफिक पोष्टहरुले १ महिनासम्म कार्यक्रम सञ्चालन गर्नेछन् ।

Related