पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु
"प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका एक पुरुष र हस्पिटलमा उपचाररत दुई जनासहित पोखरामा थप तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा ८ का ६७ वर्षीय पुरुषको र पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको डा. शर्माले बताए ।
त्यसैगरी स्याङजा गल्याङ-७ का ५० वर्षीय पुरुषको आइतबार बिहान ७:४५ बजे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।
Related