• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

"उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई पाँच करोड २७ लाख ७३ हजार  "
  •    शुभेच्छा न्यूज  /२४ कार्तिक २०७७, सोमबार २०:३७ ,  प्रकाशीत
  • विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ ।

    गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४

    करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिए ।

    डा. केसीका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई रु पाँच करोड २७ लाख ७३ हजार जोखिम भत्ता उपलब्ध गराइएको छ ।

    त्यसैगरी ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टिन व्यवस्थापनका लागि पनि रु एक करोड ५३ लाख उपलब्ध गराइएको छ ।

    ८५ स्थानिय तह भए पनि जहाँ जहाँ क्वारेन्टिन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराइएको उहाँले जानकारी दिए।

    उहाँले कोभिड–१९ का लागि प्रदेशका जिल्लामा आइशोलेसन, पिसिआर मेशिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरीदका लागि उक्त रकम खर्च भएको जानकारी दिए ।

    प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उहाँको भनाइ छ ।

    गण्डकी प्रदेशको कोरोना सङ्क्रमणको ग्राफ हेर्ने हो भने सबै भन्दा बढी संक्रमित कास्कीमा रहेका छन् ।

    कास्कीमा ४२.९६ प्रतिशत देखिएको छ ।

    त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ गोर्खा स्याङ्जा, पर्वत, लमजङु म्याग्दी रहेका छन् भने मनाङ मुस्ताङ खतरा बाहिर छ ।

    महामारी बढ्दै जाँदा पोखरा महानगरपालिकाले १०४ शै्ययामा अक्सिजन पाइप जडानको शुरुआत गरेको छ ।

    जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि रु१९ लाख बजेट छुट्याएर काम अगाडि बढाइएको उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.