पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु
"प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ "
तपाईको प्रतिक्रिया





पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्यादेखिएपछि पोखरास्थित विभिन्न अस्पतालहरुमा उपचारगराइरहेका ४ जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेमा २ पुरुष र २ जना महिलाहरु रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
निर्देशनालयका अनुसार कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि मणिपाल अस्पतालमा उपचाररत २२ वर्षीया महिलाको आइतबार बेलुका मृत्यु भएको छ।
त्यसै गरि कोरोना संक्रमण भइ गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १७ की ७४ वर्षीया महिलाको मृत्यु भएको छ।
यही कार्तिक १६ गते कोरोना पुष्टि भएका पोखरा ११ का ६० वर्षीय पुरुषको समेत उपचारको क्रममा मृत्यु भएको निर्देशक डा.विनोदविन्दु शर्माले बताए।
त्यसैगरी पोखरा १० का ८६ वर्षीय पुरुषको समेत फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।
Related