• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिकास आयोजनाको अनुगमनसंगै जनताका पिरमर्का बुझ्दै सांसद बिद्या भट्टराई

"प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन "
  •    शुभेच्छा न्यूज  /२६ कार्तिक २०७७, बुधबार १९:४५ ,  प्रकाशीत
  • प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईको कास्की निर्बाचन क्षेत्र-२ मा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण कार्य जारी रहेको छ ।

    भट्टराईले आफ्नो निर्बाचान क्षेत्रमा संघीय ,प्रदेश तथा स्थानिय सरकारबाट संचालित आयोजनाको अनुगमन गरेकी हुन ।

    सो क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र गुणस्तरको अनुगमन गर्दै स्थानिय अगुवा ,समाजसेवि ,उपभोक्ता र जनताहरुसंग साक्षात्कार समेत गरेकी छ्न।

    यसैबिच उनले बुधबार पोखरा ३३ भरत पोखरि पुगेर निर्माणाधीन चिसापानी, सिँगारेबास, टक्सार सडकको अबलोकन गरेकी छन।

    उक्त सडक अन्तर्गत गैह्रागाउ जामुनावोट सडक खण्ड संघिय सरकारको दुइ करोडको लागतमा ढलान र कालोपत्रेको काम

    भइरहेको छ।उक्त निर्माणाधीन सडकको अनुगमन गर्दै भट्टराईले कास्किको दक्षिणी भेग सहित तनहुँ र स्याङ्जाका जनतालाइ समेत सहज हुने सो सडक समयमै सम्पन्न गर्नु पर्नेमा जोड दिदै निर्माण कम्पनीलाई सोही अनुसार कार्य सम्पादन गर्न निर्देशन दिइन।

    स्थानिय उपभोक्ता का समस्यालाई प्राथमिकता राखेर सोही अनुसार सम्बोधन गर्न स्थानिय जनप्रतिनिधिलाई आग्रह गरिन।

    बिकास निर्माणका कार्य बाताबरण मैत्री हुनुपर्ने र सो को लागि कुनै कसर बाकी नराख्न उनले आग्रह गरिन ।

    भट्टराईले आफ्नो क्षेत्रमा संचालित अन्य आयोजनाहरुको अनुगमन जारी राख्ने जनाइएको छ।

    यसअघि भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल

    हुदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडक लगायतका आयोजनाहरु अवलोकन गरेको उनको सचिबालयले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.